Home > यादहरु > बिर्सिएका छैनन् सहकर्मीहरु सेनलाई

बिर्सिएका छैनन् सहकर्मीहरु सेनलाई

Krishna Sen jpegदेशभित्रै भएर पनि निर्वासितजस्तै छु म
घरभित्रै भएर पनि बन्दीजस्तै छु म
खबरहरु पनि प्रतिबन्धित छन् यसघडी
मौलिक हकहरुजस्तै आज निलम्बित छु म
खडेरीले खाएको छ गाउँबस्तीका हरियालीहरु
यो उजाड बस्तीलाई गुलजार प्रदेश कसरी भनूँ म ?

संकटकालको भयावह परिवेशमा लेखिएको यही कविता नै अन्तिम बन्न सक्छ भन्ने सायद कवि कृष्ण सेन ‘इच्छुक’ लाई पनि अनुमान थिएन होला ।

तर, त्यस्तै भइदियो– देशमा संकटकालको ६ महिना बित्दानबित्दै तत्कालीन राज्यले सेनको कलमलाई ‘आतंककारी’ देख्यो र गिरप्तार गरी हिरासतभित्रै कुटी कुटी हत्या ग¥यो ।

भारतको देहरादुनमा जन्मिए पनि कर्मथलो दाङ बनाउनुभएका कवि सेनको हत्याले स्तब्ध दङाली साहित्य र पत्रकारिता क्षेत्र अहिले पनि उहाँको अभाव महसुस गरिरहेको छ ।

सेनको हत्या भएको ११औं वर्ष बितिरहँदा यहाँका साहित्यकार एवम् पत्रकारहरु इच्छुकको व्यक्तित्व, आदर्श, सपना र बलिदान गाथा गाइरहेका छन् ।

इच्छुकसँग झण्डै दुई दशक नै सँगसँगै बिताउनुभएका प्रगतिशील लेखक सङ्घ नेपालका अध्यक्ष एवम् कवि अमर गिरी अहिले पनि इच्छुकलाई सम्झिनेबित्तिकै मन उद्देलित हुने बताउनुहुन्छ ।

‘उहाँ मेरो निकै मिल्ने साथी हुनुहुन्थ्यो, कवि गिरी भन्नुहुन्छ– ‘उहाँको हत्याको खबर मेरा लागि एउटा बिजुलीको झट्का थियो । त्यतिखेर म दाङमै थिएँ, सेनलाई हिरासतमै मारिएको खबर सुन्दाको त्यो क्षण मैले शब्दमा व्यक्त गर्न सक्दिनँ ।’

सेन पछिल्लोपटक गिरप्तार भएको सुन्दा आफूले सामान्यरुपमा लिएको र केही समय कारागारमा राखेर छोडिहाल्ला भन्ने सोचेको गिरी बताउनुहुन्छ ।

‘धेरै पटक जेल बसिसकेको, वैधानिक हिसाबले पत्रकारिता र साहित्यमा कलम चलाइरहेको चर्चित मान्छेलाई राज्यले त्यति सजिलै मारिहाल्ला भन्ने मैले सोचेकै थिइनँ, भावुक हुँदै गिरीले भन्नुभयो– ‘मेरो अनुमान गलत भयो, राज्यले उहाँलाई मा¥यो ।’

वैचारिक हिसाबले सेन र आफूबीच थुप्रै विमति भए पनि इच्छुकजस्तो शालीन, सरल र आफ्नो विचार अनि आस्थाप्रति निष्ठावान् व्यक्तित्व पाउन निकै मुश्किल हुने गिरीको भनाई छ । गिरीका अनुसार पञ्चायत विरोधी आन्दोलनमा जुटेका युवा विद्यार्थी, लेखकहरुको जमघट हुने थलो नै त्यतिबेला कारागार बनेको थियो ।

शान्तिसुरक्षाअन्तर्गत ६ वर्षे काराबासमा परेका इच्छुकलाई धेरै साहित्यकारहरुले पहिलोपटक कारागारमै भेटेको गिरी बताउनुहुन्छ । ‘उहाँ कारागारमै हुनुहुन्थ्यो, पछि म पनि विद्यार्थी आन्दोलनका क्रममा पक्राऊ परें र त्यही बेला इच्छुकसँग मेरो भेट भएको हो ।’

उसो त पञ्चायतकालमा इच्छुकसँगै तीन वर्ष जेल जीवन बिताउनुभएका साहित्यकार एवम् पत्रकार शरद देवकोटा ती क्षण अहिले पनि दिमागमा फनफनी घुमिरहने बताउनुहुन्छ ।

‘इच्छुकजस्तो इमान्दार, मेहनती, सरल र निष्ठावान् व्यक्ति विरलै पाइन्छन्, जेलमा सँगै बस्दाका अनुभव सुनाउँदै देवकोटाले भन्नुभयो– ‘तिनै इच्छुकसँग मैले तीन वर्षसम्म एउटै कोठा र एउटै ओछ्यानमा सँगै बिताउने अवसर पाएँ ।’

कारागारमा रहेका इच्छुकले अरु कैदी बन्दीहरुलाई समेत पञ्चायती शासनका विरुद्धमा कन्भिन्स गर्नेदेखि साहित्यिक रचनामा निकै क्रियाशील र सक्रिय रहने गरेको देवकोटाले बताउनुभयो ।

विद्यार्थीकालदेखि नै सेनसँग नजिक रहनुभएका साहित्यकार रामप्रसाद जैशी इच्छुक कारागारमा रहँदा कयौंपटक भेटघाट गर्न बताउनुहुन्छ । ‘सायद उहाँलाई भेट्न कारागारमा धेरै जानेमध्ये म पनि थिएँ, जैशीले भन्नुभयो– ‘म कदका हिसाबले सानो थिएँ, साथीहरु भित्रको खबर बुझ्न र बाहिरको सन्देश पु¥याउनसमेत मलाई नै पठाउँथे ।’

सेनले निष्ठा, आदर्श र त्यागका हिसाबले सबैलाई उछिनेर अग्रपंक्तिमा रहेको भन्दै जैशीले बाँचेकाहरुले उहाँको आदर्श, सपना र मूल्यको अनुशरण गर्नुपर्ने बताउनुहुन्छ ।

साहित्यसँगै पत्रकारिता क्षेत्रमा पनि शीर्ष स्थानमै रहनुभएका पत्रकार सेन जनपक्षीय पत्रकारिताका आदर्श नै हुनुहुन्छ ।

‘सेनको आदर्श, इमान्दारिता र प्रष्टता नै साँचो अर्थमा जनपक्षीय पत्रकारिताको नमूना हो, क्रान्तिकारी पत्रकार संघका केन्द्रीय संयोजक एवम् सेनका सहकर्मी गोविन्द आचार्य भन्नुहुन्छ– ‘सेनको आदर्श, इमान्दारिता र बलिदानले नै हामीलाई सही बाटोमा हिड्न मद्दत गरिरहेको छ ।’

संकटकालको घोषणा हुनु तीन घण्टाअघिमात्र सेनसँग अन्तिमपटक भेट भएको आचार्य बताउनुहुन्छ ।

‘हामी संकटकालको पूर्वसन्ध्यामा जनादेश साप्ताहिक र जनदिशा दैनिक कसरी निकाल्ने भन्नेबारे दुई घण्टाजति छलफल गरेका थियौं, आचार्यले भन्नुभयो– ‘उहाँसँग छुटेको तीन घण्टाभित्रै हामी पत्रिकाकै कार्यालयबाट गिरप्तारीमा प¥यौं, देशमा संकटकाल लाग्यो ।

सेन दाइले पत्रिका प्रकाशन गरिरहेको खबरले हामी खुसी थियौं तर संकटकालको ६ महिना नबित्दै उहाँलाई पनि गिरप्तार गरी हत्या नै ग¥यो ।’ इच्छुकको हत्याले आफू निकै मर्माहत भएको र निकै सरल, इमान्दार अनि दृढ विचारका धनी असल गुरु गुमाउँदा कहिल्यै निको नहुने बताउनुभयो ।

२०१३ कार्तिक ३ गते भारतको देहरादुनमा जन्मिनुभएका कवि तथा पत्रकार सेन शोकाञ्जली (२०४८ शोककाव्य), इतिहासको यस घडीमा (कवितासङ्ग्रह– २०५६) र बन्दी र चन्द्रागिरि (२०५८ कवितासङ्ग्रह) प्रकाशित छन् ।

सेनको हत्यापछि इच्छुक सांस्कृतिक प्रतिष्ठानले उहाँका प्रकाशित तथा अप्रकाशित रचनाहरु संकलन गरेर इच्छुक रचनावली भाग १, २ र ३ प्रकाशित गरेको छ भने अखिल नेपाल जनसाँस्कृतिक महासंघले कृष्ण सेन इच्छुक स्मृति ग्रन्थ प्रकाशित गरेको छ ।

साहित्यका अतिरिक्त सेनले जनदिशा दैनिक, जनादेश साप्ताहिक, कलम साहित्यिक त्रैमासिक, योजनालगायतका थुप्रै पत्रपत्रिकाको सम्पादन गर्नुभएको थियो ।

दाङ कारागारमा ६ वर्ष, भद्र बन्दीगृहमा १ वर्ष अनि सिराहा र राजविराज कारागारमा २ वर्ष गरी ९ वर्ष जेल जीवन बिताउनुभएका सेनलाई २०५९ जेठ ६ गते गिरप्तार गरी महेन्द्र पुलिस क्लवमा चरम यातना दिएर जेठ १३ गते हत्या गरिएको थियो । उहाँकी श्रीमती तक्मा केसी र छोरी समीक्षा केसी हुनुहुन्छ ।

Advertisements
Categories: यादहरु
  1. No comments yet.
  1. No trackbacks yet.

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: