Archive

Archive for January, 2013

नमूना गाउँकी नमुना

January 23, 2013 1 comment

Sumanti1जलजलाको आँगनमा बिहानको न्यानो घाम ताप्दै जनकम्यून पसलको ‘जलपी’ खाइरहँदा कसैले चिनाइदियो मलाई–

‘ऊ, उनै हुन् फुन्टीवाङ नमुनागाउँकी इन्चार्ज, सुमन्ती रोका ।

मगर भेषभुषामा थिइन् उनी । रातो चोली, लुङ्गी र गलामा लगाइएको हरियो पोतेले मगर संस्कृति र भेषभुषाको परिचय दिन्थ्यो ।

त्यतिञ्जेल जनकम्युन पसलको कुनामा बसेर उनी केही लेखिरहेकी थिइन् ।

०६५ जेठको एक बिहान– हामी थियौं रोल्पाको बहुचर्चित जलजला पहाडमा । उँचाई खैं कति थियो मलाई थाहा भएन ।

अवसर जुराइदिएको थियो जलजला पर्यटन महोत्सवले । नत्र हामी कहिले पो पर्यटक बन्थ्यौं र पुग्थ्यौं जलजला पहाड ।

अँ, सुमन्तीलाई देखेपछि मनमा खुल्दुली जाग्यो ।

युद्धकालमा राज्यसत्ताविरुद्धको लडाईमा प्रतिरोधी क्याम्पजस्तै बनेका यी नमुना गाउँहरु शान्तिकालसँगै के गरिरहेका होलान् ? जनकम्यून, नमुना विद्यालय र सहकारीहरु कसरी चलिरहेका होलान् ?

के गर्दै होलान् ती सबै सबै गाउँ र मानिसहरु जसले नयाँ समाजको परिकल्पना गर्दा तत्कालिन राज्यबाट ‘आतंककारी’ र ‘आतंककारी अखडा’को सम्मान पाएका थिए ।

प्रश्नै प्रश्न र उत्सुकताले लखेटिएको यो मनुवालाई जलजलाको आँगनमा सुमन्तीसँगको भेटले थप उत्सकुता थपिदियो । Read more…

Categories: यादहरु

बेपत्ता कहिलेसम्म ?

January 17, 2013 Leave a comment

sarbajit+घर जलाइदिए, दुवै छोरा मारिए

पैसा कमाउन कालापार (भारत) छिरेको कान्छो छोरा रामबहादुर गिरी काग तिहारको दिन टुप्लुक्क घर आइपुग्दा ऐभान र नन्दकली कम्ती खुसी थिएनन् तर त्यो खुसी त्यति छिट्टै लुटिन्छ भन्ने उनीहरुलाई के थाहा ?

यथार्थमा त्यही भयो जुन उनीहरुले कल्पनासमेत गरेका थिएनन् ।

लक्ष्मीपूजाको मध्यरात ! ओछ्यानमा सुतिरहेको छोरालाई आँखै अगाडिबाट लछारपछार पार्दै लगेको हिजोजस्तै लाग्छ रे ऐभान र नन्दकली गिरीलाई ।

तर, पूरै दशक बितिसक्यो । मध्यरातमा पुलिसले कुट्दै लगेको छोरा अझै फर्किएको छैन, सायद अब ऊ कहिल्यै फर्किने छैन ।

‘सप्तरेखी (सप्तर्षी तारामण्डल) पश्चिमतिर ढल्किसकेका थिए, चारजना मुखमा पट्टि बाँधेका काँग्रेसका मान्छेसहित आएका पुलिसले कान्छालाई बाघले बाख्रालाई झम्टेझैं गरी लगे । त्यतिखेर उसको शरिरमा कट्टु र गञ्जीमात्रै थियो, चप्पल लगाउनै दिएनन् दुष्टहरुले । त्यसपछि ऊ कहिल्यै आएन, कहाँ लगे, के गरे अहँ केही पनि थाहा भएन ।’

सातदशक पार गरिसकेका ऐभान विगत पाँच वर्षदेखि बाहीरी संसार त देख्न सक्तैनन् तर १४ वर्ष अघिको त्यो क्रुर दृश्य भने अझैं पनि झल्झल्ती देखिने बताउँछन् ।

०५५ सालको तिहार दुनियाँका लागि खुसी र रमाइलोको संगम बन्यो होला तर सल्यानको कालागाउँ गाविस–१ खरखरेनाका ऐभानको परिवारमा त्यो खुसीयाली छाउन सकेन । झारपातसमेत माओवादी देख्ने तत्कालिन पुलिस प्रशासनले ‘माओवादी’को आरोपमा दुई दिनअघि कालापारबाट घर आएका रामबहादुर गिरीलाई मध्यरातमा गिरफ्तार गरी गुमनाम पा¥यो ।

०५५ कार्तिक १४ गतेको राती स्थानीय कांग्रेस कार्यकर्ताहरुको उक्साहटमा इलाका प्रहरी कार्यालय रागेचौरबाट गएको प्रहरीले गिरप्तार गरी बेपत्ता बनायो । Read more…

Categories: समाज, सवाल

दुनियाँको तेस्रो आँखा बन्न सकोस्

January 4, 2013 1 comment

ganatantraसबैभन्दा पहिला गणतन्त्र दैनिकले पाँच वर्षको यात्रा पूरा गरी छ वर्षको यात्रा शुरु गरेकोप्रति खुसी व्यक्त गर्दै अबको यात्रा अझैं सिर्जनशील, रचनात्मक एवम् पत्रकारिताको मूल्यमान्यता र आदर्शमा झनै प्रतिबद्ध बन्दै अघि बढोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

अब त हाम्रो ओठमै झुण्डिसक्यो– ‘समय कति चाँडै बित्दोरहेछ ।’ खासमा बित्ने समय होइन, बित्ने त हामी आफै होइन र ? खैर, यो बहसलाई यतै छोडौं । मैले गणतन्त्र दैनिक प्रकाशन आरम्भका दिन र अहिलेको समयलाई नाप्दै गर्दा यस्सो गफ दिएको मात्रै ।

मलाई पनि भर्खरजस्तै लाग्छ तर पाँच वर्ष त यसैत्यसै गुज्रिसकेको रहेछ ।

पत्रिका प्रकाशनको योजना, तयारी र जन्मका विषयमा मलाई ‘त्यति’ थाहा छैन । सम्झना छ– शहीदगेट मुन्तिर झोलामा केही डकुमेन्ट बोकेर प्रशासन कार्यालयतिर जाँदै गरेका एमाले पूर्वनेता हस्तबहादुर केसीले भनेका थिए– ‘कमरेड, दाङबाट अब अर्को दैनिक पनि निस्किने भो, गणतन्त्रको स्थापनासँगै हामीले गणतन्त्र दैनिक निकाल्ने तयारी गर्दैछौं ।’ Read more…