Home > समाज, सवाल > कोइलाबासमा पानीको हाहाकार

कोइलाबासमा पानीको हाहाकार

दाङ, असार २१ । सेतै दाह्री फुलेका हरिहरप्रसाद पाण्डे सकिनसकी कुवाबाट पानी तानिरहेका थिए । उमेरले सात दशक पार गरिसकेका उनी दिनमा झण्डै सात घण्टाजति त पानी तान्नमै बित्ने बताउँदै थिए । कुवाकै अर्को छेऊमा सानुमाया तुलाधर दुवैतिर काटिएको जर्किनबाट कालो न हरियोजस्तो धमिलो पानी तान्दै गाग्री भरिरहेकी थिइन् ।

भारतको सीमा क्षेत्रमा पर्ने दाङको कोइलाबास गाविसका हरिहरप्रसाद र सानुमायाको यो व्यथा त्यहाँका हरेक बासिन्दाको दैनिकी नै बनेको छ । न धारामा पानी आउँछ, न नजिकमा कुनै जरुवा नै छ । बिहान उज्यालो नहुँदै कुवाको छेऊमा भेला भएका गाउँबासी राती बत्ती बालेरसमेत पानी तानिरहन्छन् । घण्टौं लगाएर तानेको धमिलो र कालो–कालो न हरियोजस्तो ‘रङ्गीन’ पानी पिउन बाध्य छन् कोइलाबासका बासिन्दा ।

बस्तीनजिकैका खोलामा अनियन्त्रित तरिकाले ढुङ्गा निकालिनु, समयमै वर्षात नहुनु र लाखौं रुपैयाँ खर्च गरेर बनाएको खानेपानी आयोजना बिग्रिएपछि त्यसको मर्मत नगरिदा कोइलाबासका बासिन्दा खानेपानीको चरम संकटमा परेका हुन् । बितेका वर्षहरुभन्दा यस वर्ष खानेपानीको निकै हाहाकार भएको त्यहाँका बासिन्दा बताउँछन् । झण्डै एक करोडको लगानीमा अघिल्लो वर्षमात्र सम्पन्न गरिएको खानेपानी आयोजनाको मुहान बिग्रिएको र त्यसको मर्मत नहुँदा विगत दुई महिनादेखि धारामा पानी नआएको कोइलाबास–८ की सानुमाया तुलाधरले बताउनुभयो । कोइलाबास बस्तीभन्दा झण्डै ७/८ किमी टाढा बक्सरखोलाबाट ल्याइएको खानेपानीको मुहान पुरिएपछि पानी आउन छोडेको तुलाधरको भनाई छ । ‘मुहानमै भत्किएर पुरिएको छ भन्छन्, बनाउन अहिलेसम्म कोही गएको छैन, तुलाधरले भन्नुभयो– ‘धारा त देखाउने मात्रै छन्, के गर्ने ?’

उसो त गाविस सचिव दिर्घराज गौतम खानेपानी आयोजना के भएर बिग्रियो भन्नेमै स्पष्ट हुनुहुन्न । ‘बक्सरखोलामै बिग्रिएको छ भन्छन्, एकदिनमै गएर बनाएर फर्किन सकिन्न, सचिव गौतमले भन्नुभयो– ‘के भएर बिग्रिएको छ, मुहान कति टाढा छ मलाई नै थाहा छैन ।’ खोला किनारमा भएका जरुवा सुक्नुका साथै बक्सरखोलाको खानेपानी आयोजना बिग्रिएपछि अधिकांश बासिन्दाले वर्षौं पहिले बनाएका कुवाको पानी प्रयोग गर्छन् भने कतिपयले भारतको जरुवाबाट पानी ल्याएर जिविका चलाएको बताउँछन् ।

भारतको सीमा क्षेत्रमा रहेका कोइलाबासका कतिपय बासिन्दा साइकलमा डेढ घण्टा टाढा भारतको जरुवा पुगेर पानी ल्याउने गरेको स्थानीय रामबकस मियाले जानकारी दिनुभयो । उहाँका अनुसार जेठमास लागेपछि कुवा सुक्ने र त्यसपछि यहाँका बासिन्दाले झण्डै ८ किमी टाढा जरुवाबाट साइकलमा पानी ओसारेर जिविका चलाउनुपर्ने बाध्यता रहेको छ । ‘साइकलमा त एक÷डेढ घण्टामा पुगिन्छ तर पैदल त चार/पाँच घण्टै लाग्छ, उनले भने– ‘पानी नभएर जीन्दगी चल्दैन हजुर, के गर्ने जस्तो दुःख भएपनि सहनैप¥यो ।’

खानेपानीको चरम संकट भएपछि करीब ८० बर्ष पुराना कुवाहरुमा थिग्रिएको पानीले जीवन धान्ने मेलो बनेको छ । जम्मा जम्मी १ सय ६२ घरधुरी रहेको कोइलाबासमा यस्ता १२ वटा कुवाहरु रहेका छन् । २०६८ को जनगणनाअनुसार ९ सय ९२ जनसंख्या रहेको कोइलाबासमा अहिले खानेपानीको हाहाकार नै भएको छ ।

डिपबोरिङ योजना अलपत्र

खानेपानीको चरम समस्याले सताइरहँदा कोइलाबास गाविसमा पानी पु¥याउनका लागि डिप बोरीङबाट पानी निकाल्न १८ लाख रुपैयाँको बजेट परेपनि कमिसनको खेलले रकम नै फ्रिज हुने अवस्थामा पुगेको छ । कोइलाबास–१ अन्तरखालमा डिपबोरीङ बनाउनका लागि गाविसको १० लाख, जिविसको ६ लाख र उपभोक्ताहरुबाट दुई लाख गरि १८ लाख रुपैयाँको योजना बनाएपनि अहिलेसम्म कुनै काम हुन सकेको छैन ।

उपभोक्ता समितिका अगुवा नै कमिसनको खेलमा लागेपछि काम अगाडि बढ्न नसकेको स्रोतको दावी छ । चालु आर्थिक बर्षमा सक्नुपर्ने योजनामा काम गर्नुभन्दा पनि फाइदा लुट्नतर्फ बढी ध्यान गएपछि समस्या भएको सर्वसाधारण बताउँछन् । आर्थिक बर्ष सकिन लाग्दासम्म काम नहुँदा बजेट फ्रिज हुने सम्भावना रहेको गाविस सचिव दिर्घराज गौतमले बताउनुभयो ।

भेलाले नाका क्षेत्रमा खानेपानीको अभाव भएकाले महामारी र विस्थापनको खतरा देखिएको भन्दै पानी आपूर्तिका लागि सरकारी निकायहरुको ध्यानाकर्षण गराएको छ । त्यस्तै सीमा क्षेत्रको समस्याबारे चाँडै घोराहीमा अन्तक्र्रिया गर्ने निर्णय पनि गरिएको मञ्चका संयोजक सुनारले जानकारी दिनुभयो ।

Advertisements
Categories: समाज, सवाल
  1. No comments yet.
  1. No trackbacks yet.

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: