Home > समाज, सवाल > इच्छुकको पुख्र्यौली घरको कन्तविजोग

इच्छुकको पुख्र्यौली घरको कन्तविजोग

गत वर्ष आगलागी भइसकेपछि अहिले भग्नावशेषमात्रै बाँकी रहेको इच्छुकको पुख्र्यौली घर ।

दाङ, असार १० । प्रगतिवादी साहित्यकार तथा पत्रकार महान शहीद कृष्ण सेन ‘इच्छुक’को अर्घाखाँचीको जलुके–७ सातमारामा रहेको पुख्र्यौली घरको कन्तविजोग भएको छ । दाङको भालुवाङनजिकै राप्ती नदीको किनारमा रहेको उक्त घरमा गत वर्ष आगलागी भएको र त्यसपछि कसैले पनि संरक्षणतर्फ चासो नदिदा घरको भग्नावशेषमात्र बाँकी रहेको छ ।

शुरुमा यस्तो थियो इच्छुकको पुख्र्यौली घर ।

इच्छुक रहँदासम्म उहाँ आफै आएर नबसेपछि सामान्य रेखदेख, संरक्षण र सम्वद्र्धनका लागि स्थानीय बासिन्दालाई आग्रह गरेको र आफूहरुले नै सेनको पुख्र्यौली सम्पत्तिको संरक्षण गरिदिएको स्थानीय बताउँछन् । तर, उहाँको शहादतपछि भने घर पूरै वेवारिसेजस्तै बन्यो । संविधानसभाको निर्वाचनपछि माओवादीको पहलमा भत्किएको पुख्र्यौली घर केही वर्षअघि मर्मत गरिएको थियो । तर, गत वर्ष उक्त घरमा एक्कासी आगलागी भएपछि भने अहिलेसम्म कसैले मर्मत गर्ने कष्ट गरेको छैन ।

नेपालकै एकमात्र पूर्वपश्चिम राजमार्गअन्तर्गत भालुवाङको छेऊ राप्ती नदीको पुलसँगै जोडिएको उक्त घर नदेख्ने सायदै होलान्, त्यही बाटोमा इच्छुकको बाटोमा हिडिरहेको सगर्व घोषणा गर्ने ‘महान नेतागण’हरु पनि कतिपटक हिडे होलान् । तर, इच्छुकको नाम भजाउने, ठूल्ठूला प्रगतिवादी विद्वान कहलाउनेदेखि इच्छुकको सच्चा उत्तराधिकारी आफै घोषणा गर्ने र सेनलाई महान् शहीद भनेर कहिल्यै नथाक्नेहरु नै उहाँको पुख्र्यौली थलोको कन्तविजोगप्रति अहिले पूरै बेखबरझैं बनिरहेको छन् ।

सरकारले चालु आर्थिक वर्षको बजेटबाट इच्छुकको व्यक्तित्व, कृतित्व र राष्ट्रिय प्रतिभाको संरक्षणका लागि भनेर इच्छुक प्रतिष्ठानका नाममा ५० लाख छुट्याएको थियो । उक्त रकमबाट प्रतिष्ठानले काठमाण्डौंमा इच्छुक स्मृति भवन बनाउन लागेको बताएपनि पुख्र्यौली र कर्मथलोमा उहाँको सम्झनालायक कुनै शालिक, स्तम्भसमेत बनाउनेतर्फ ख्याल गरिएको छैन । इच्छुक प्रतिष्ठानको नाममा राज्यकोषबाट वर्षेनी केही बजेट आउने त बेग्लै छ, चालु आर्थिक वर्ष तत्कालीन झलनाथ खनालको सरकारले साहित्यका क्षेत्रमा विशिष्ट योगदान पु¥याएका कृष्ण सेन ‘इच्छुक’, नेत्रलाल अभागी र अग्निशिखाको नाममा ५०÷५० लाख रकम छुट्याएको थियो ।

माओवादीको पहलमा पुनःनिर्माण गरिसकेपछि यस्तो बनेको थियो उक्त घर ।

गत वर्षको आगलागीपछि अहिलेसम्म कसैले मर्मत गर्ने कष्ट गरेको छैन ।

Advertisements
Categories: समाज, सवाल
  1. June 25, 2012 at 3:21 am

    oh god

  2. August 20, 2012 at 4:30 pm

    अब यी शहीदहरुका घर मर्मत सम्भार गरे त तिनै शहीदहरु भूत बनेर त्यही घरमा बस्छन् र नेताहरुलाई तर्साइरहन्छन् नि । बरु आफ्नो घर बनाए पो सन्तान दरसन्तानहरुले मोजमस्ती गर्न पाउलान् ।

  1. No trackbacks yet.

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: