Archive

Archive for February 16, 2012

‘न बिर्से तिमीलाई, न पाएँ तिमीलाई..’

February 16, 2012 Leave a comment

न बिर्से तिमीलाई, न पाएँ तिमीलाई
बिना अर्थ दिलमा सजाएँ तिमीलाई

प्रेम वियोगले रन्थनिएर वैरागी बनेका युवायुवतीको जीवनमा मेल खाने चर्चित गायिका अञ्जु पन्तको माथि उल्लेखित गीतले गत माघ १ गते भने छुट्टै माहोलको सिर्जना गर्‍यो । बृहत रोल्पा महोत्सव तथा कृषि प्रदर्शनीको अवसरमा रोल्पाको माडिचौरमा पुगेकी गायिका अञ्जु पन्तले मञ्चमा उक्त गीत प्रेमपीडितहरुका लागि नभई रोल्पाली जनता र माओवादी अध्यक्ष प्रचण्डको सम्बन्धलाई सम्बोधन गर्दै गाउनुभयो ।

दश वर्षे माओवादी जनयुद्धको केन्द्रविन्दु बनेको रोल्पाले द्वन्द्वका क्रममा जति सास्ती र दुःख, कष्ट बेहार्नुपर्‍यो, त्यत्तिकै जनयुद्धका लागि महत्वपूर्ण र शीर्ष भूमिका पनि रोल्पाले नै निर्वाह गर्‍यो । Read more…