जन्मदिन

September 23, 2014 Leave a comment

एकपटक फेरि
झस्काएर फर्किएको छ समय
हेर्दा हेर्दै आँखैअगाडिबाट छुटेका
२८ औं हिउँद र बसन्तहरु देखाएर

यस घडि
सम्झिरहेछु–
सुदूर गाउँमा दुखजिलो जिन्दगी गुजारिरहेकी प्रिय आमालाई
र, सम्झिरहेछु–
बुढेसकालमा पहरासँग जुधिरहेका वृद्ध बाबालाई Read more…

Categories: कविता

बम

January 5, 2014 Leave a comment

अचेल साँझ नपर्दै
पड्किन थाल्छन् सहर छेऊमै
“बहिस्कारवादी सकेट बम”हरु
र, तर्साउन खोज्छन् ब्यालेट बक्सहरुलाई
तर, किन–किन मलाई
बम पड्किदा पनि रमाइलै लाग्छ ।

अचेल हरेक बिहान
पड्किन थाल्छन् चोक–चोक र गल्लीहरुमा
व्यालेट बक्सधारी “अखबारी बम”हरु
र, जिस्काउँछन् आफ्नै प्रतिस्पर्धीहरुलाई
तर, किन–किन मलाई
बम पड्किदा पनि रमाइलै लाग्छ । Read more…

Categories: कविता

दृश्य

January 3, 2014 Leave a comment

जब देखिदै जान्छन्
विकट विगतका उन्मुक्त सपना
र, सम्झन्छु–
आफ्नै शिरमाथिको विद्रुप वर्तमान
परेलीको पहाड नाघेर
उर्लिन थाल्छन् कर्णालीका छालहरु

आँखै अगाडि घुमिरहन्छ
आफ्नै चिहान खन्न
गैती र बेल्चा बोकेर कुदिरहेका योद्धाहरुको लस्कर
अर्को साँझमा आफ्नै लास बोक्न
स्टे«चर बाँधिरहेका स्वप्नदर्शीहरुको जाँगर
र, नाचिरहन्छ आँखैभित्र
सन्त्रस्त मन लिएर
आफन्तजनकै भीडमा ‘आतंककारी’ खोज्न निस्किएका
आज्ञाकारीहरुको अनुहार Read more…

Categories: कविता

हराएको बिहान

हरेक बिहान म
फक्रिदै गरेका कलिला फूलहरुको माझमा उभिएर
उदाउँदै गरेको रातो लालीमा चुम्न चाहन्छु

हरेक बिहान म
प्रसव वेदनामा छट्पटाइरहेकी गर्भिणी रातलाई बिदा गरेर
जन्मिदै गरेको सुन्दर बिहानी भेट्न चाहन्छु Read more…

Categories: कविता

चलचित्र उमा : वास्तविक छापामारहरुको अपमान

Uma_2हुनसक्छ–

मैले बढी अपेक्षा गरें कि ? अथवा म आफै तटस्थ दर्शक पो बन्न सकिनँ कि ?

छायाङ्कन शुरु हुन थालेदेखि प्रदर्शनी हुँदासम्मको अवधिको चर्चा र सकारात्मक विश्लेषणले ‘उमा’प्रति चुलिएको श्रद्धा र चलचित्र युनिटप्रतिको सम्मान चलचित्र हेरिसकेपछि भने घट्दो क्रममा झरिरहेछ । चलचित्र हेरेर फर्किसकेपछि एक किसिमको छटपटी, उकुसमुकुस अनि केही गर्न नसक्नुको पीडाबोध राम्रैसँग भइरहेको छ मलाई ।

म चलचित्रको समीक्षक होइन, चलचित्रको साङ्गोपाङ्गो विश्लेषण गर्ने हक मलाई छैन । आमदर्शकजस्तै एक दर्शक र अझ बढी जनयुद्धमा सहभागी भएर ज्यूँदै फर्किएको एक भोक्ताको हिसाबले उमाका विषयमा केही टिप्पणी गर्न मन लागेको मात्र हो । Read more…

बिर्सिएका छैनन् सहकर्मीहरु सेनलाई

Krishna Sen jpegदेशभित्रै भएर पनि निर्वासितजस्तै छु म
घरभित्रै भएर पनि बन्दीजस्तै छु म
खबरहरु पनि प्रतिबन्धित छन् यसघडी
मौलिक हकहरुजस्तै आज निलम्बित छु म
खडेरीले खाएको छ गाउँबस्तीका हरियालीहरु
यो उजाड बस्तीलाई गुलजार प्रदेश कसरी भनूँ म ?

संकटकालको भयावह परिवेशमा लेखिएको यही कविता नै अन्तिम बन्न सक्छ भन्ने सायद कवि कृष्ण सेन ‘इच्छुक’ लाई पनि अनुमान थिएन होला ।

तर, त्यस्तै भइदियो– देशमा संकटकालको ६ महिना बित्दानबित्दै तत्कालीन राज्यले सेनको कलमलाई ‘आतंककारी’ देख्यो र गिरप्तार गरी हिरासतभित्रै कुटी कुटी हत्या ग¥यो ।

भारतको देहरादुनमा जन्मिए पनि कर्मथलो दाङ बनाउनुभएका कवि सेनको हत्याले स्तब्ध दङाली साहित्य र पत्रकारिता क्षेत्र अहिले पनि उहाँको अभाव महसुस गरिरहेको छ ।

सेनको हत्या भएको ११औं वर्ष बितिरहँदा यहाँका साहित्यकार एवम् पत्रकारहरु इच्छुकको व्यक्तित्व, आदर्श, सपना र बलिदान गाथा गाइरहेका छन् ।

इच्छुकसँग झण्डै दुई दशक नै सँगसँगै बिताउनुभएका प्रगतिशील लेखक सङ्घ नेपालका अध्यक्ष एवम् कवि अमर गिरी अहिले पनि इच्छुकलाई सम्झिनेबित्तिकै मन उद्देलित हुने बताउनुहुन्छ ।

‘उहाँ मेरो निकै मिल्ने साथी हुनुहुन्थ्यो, कवि गिरी भन्नुहुन्छ– ‘उहाँको हत्याको खबर मेरा लागि एउटा बिजुलीको झट्का थियो । त्यतिखेर म दाङमै थिएँ, सेनलाई हिरासतमै मारिएको खबर सुन्दाको त्यो क्षण मैले शब्दमा व्यक्त गर्न सक्दिनँ ।’ Read more…

Categories: यादहरु

दहितान ढेंकी ! चम्पीको बिहे रोकिदिनू है

Shilpi_natak_1‘…आज दहितान ढिकीमा जाँगर छैन । किनकि चम्पी आफ्नै बिहेको पिठो कुट्दैछे । दहितान ढिकीलाई लाग्दैछ, ऊ आज पिठो हैन चम्पीको भविष्य कुट्दैछ ।’

अशिक्षा र अन्धविश्वासले थारु समुदायमा मौलाएका बालविवाह, बोक्सी प्रथा र गुरुवा प्रथाजस्ता कुसंस्कारहरुप्रति व्यङ्ग्य गरिएको नाटक ‘दहितान ढेंकी’को अन्तिम दृश्यका वाक्यहरु हुन् यी ।

गत शुक्रबार ‘दहितान ढेंकी’ लिएर दाङ आइपुगेका थिए निर्देशक घिमिरे युवराज– शिल्पी नाट्य समूहका साथ ।
उनकै शिल्पी नाट्य समूहले देखाउँदै थियो बेलासा गाउँको कथा । र, कथा भन्दै थियो– देहितान ढेंकी ।

बेलासा गाउँका सबै महिलाहरु दहितान घरको ढिकी कुट्न आउँछन् र आफ्ना दुःख ढिकीसँग कहन्छन् । त्यही गाउँले महिलाका दुःख दर्दका कहानी सुनाउँछ देहितान ढिकी दर्शकहरुलाई । कलाकारहरु आफै ढिकीको स्वरुपमा देखिन्छन् र सुनाउँछन् बेलासा गाउँको कहानी । Read more…

सतिसालजस्तै जनकवि नेत्रलाल

May 20, 2013 1 comment

Netralal_Abhai_1आँधी र हुरी नचलेको बेला
वातावरण स्तब्ध र शान्त भएको घडिमा
एउटा नर्कट पनि
छाती खोलेर ठिङ्ग उभिन सक्छ
एउटा कायरले पनि
बहादुरीका लामा–लामा कुरा गर्न सक्छ
तर, मेरा मित्र
आँधी र हुरी चलिरहेको बेलामा
वातावरण गतिशील र अशान्त भएको घडिमा
पहाडको चुचुरोमाथि
आँधी र हुरीसँग पौठेजोरी खेल्दै
एउटा सतिसालमात्र ठिङ्ग उभिन सक्छ ।

माथि उल्लिखित हरफहरु दाङमा जन्मिनुभएका जनकवि स्व. नेत्रलाल अभागीको ‘सतिसाल मात्र ठिङ्ग उभिन सक्छ’ शीर्षकको कविताका हरफहरु हुन् । ३० को दशकअघि नै जनकवि अभागीले लेख्नुभएको यो कविताको सान्दर्भिकता अहिले उहाँको २९औं स्मृति दिवस मनाइरहँदा झनै बढेको छ ।

४१ वर्षकै उमेरमा २०४२ सालमा ‘रहस्यमय मृत्यु’को शिकार हुनुभएका अभागी अहिले पनि यहाँका साहित्यकार र पाठकहरुका मनमनमा शब्द र कर्ममा एकरुपता भएका आदर्श कविका रुपमा रहनुभएको छ । Read more…

Categories: यादहरु

नमूना गाउँकी नमुना

January 23, 2013 1 comment

Sumanti1जलजलाको आँगनमा बिहानको न्यानो घाम ताप्दै जनकम्यून पसलको ‘जलपी’ खाइरहँदा कसैले चिनाइदियो मलाई–

‘ऊ, उनै हुन् फुन्टीवाङ नमुनागाउँकी इन्चार्ज, सुमन्ती रोका ।

मगर भेषभुषामा थिइन् उनी । रातो चोली, लुङ्गी र गलामा लगाइएको हरियो पोतेले मगर संस्कृति र भेषभुषाको परिचय दिन्थ्यो ।

त्यतिञ्जेल जनकम्युन पसलको कुनामा बसेर उनी केही लेखिरहेकी थिइन् ।

०६५ जेठको एक बिहान– हामी थियौं रोल्पाको बहुचर्चित जलजला पहाडमा । उँचाई खैं कति थियो मलाई थाहा भएन ।

अवसर जुराइदिएको थियो जलजला पर्यटन महोत्सवले । नत्र हामी कहिले पो पर्यटक बन्थ्यौं र पुग्थ्यौं जलजला पहाड ।

अँ, सुमन्तीलाई देखेपछि मनमा खुल्दुली जाग्यो ।

युद्धकालमा राज्यसत्ताविरुद्धको लडाईमा प्रतिरोधी क्याम्पजस्तै बनेका यी नमुना गाउँहरु शान्तिकालसँगै के गरिरहेका होलान् ? जनकम्यून, नमुना विद्यालय र सहकारीहरु कसरी चलिरहेका होलान् ?

के गर्दै होलान् ती सबै सबै गाउँ र मानिसहरु जसले नयाँ समाजको परिकल्पना गर्दा तत्कालिन राज्यबाट ‘आतंककारी’ र ‘आतंककारी अखडा’को सम्मान पाएका थिए ।

प्रश्नै प्रश्न र उत्सुकताले लखेटिएको यो मनुवालाई जलजलाको आँगनमा सुमन्तीसँगको भेटले थप उत्सकुता थपिदियो । Read more…

Categories: यादहरु

बेपत्ता कहिलेसम्म ?

January 17, 2013 Leave a comment

sarbajit+घर जलाइदिए, दुवै छोरा मारिए

पैसा कमाउन कालापार (भारत) छिरेको कान्छो छोरा रामबहादुर गिरी काग तिहारको दिन टुप्लुक्क घर आइपुग्दा ऐभान र नन्दकली कम्ती खुसी थिएनन् तर त्यो खुसी त्यति छिट्टै लुटिन्छ भन्ने उनीहरुलाई के थाहा ?

यथार्थमा त्यही भयो जुन उनीहरुले कल्पनासमेत गरेका थिएनन् ।

लक्ष्मीपूजाको मध्यरात ! ओछ्यानमा सुतिरहेको छोरालाई आँखै अगाडिबाट लछारपछार पार्दै लगेको हिजोजस्तै लाग्छ रे ऐभान र नन्दकली गिरीलाई ।

तर, पूरै दशक बितिसक्यो । मध्यरातमा पुलिसले कुट्दै लगेको छोरा अझै फर्किएको छैन, सायद अब ऊ कहिल्यै फर्किने छैन ।

‘सप्तरेखी (सप्तर्षी तारामण्डल) पश्चिमतिर ढल्किसकेका थिए, चारजना मुखमा पट्टि बाँधेका काँग्रेसका मान्छेसहित आएका पुलिसले कान्छालाई बाघले बाख्रालाई झम्टेझैं गरी लगे । त्यतिखेर उसको शरिरमा कट्टु र गञ्जीमात्रै थियो, चप्पल लगाउनै दिएनन् दुष्टहरुले । त्यसपछि ऊ कहिल्यै आएन, कहाँ लगे, के गरे अहँ केही पनि थाहा भएन ।’

सातदशक पार गरिसकेका ऐभान विगत पाँच वर्षदेखि बाहीरी संसार त देख्न सक्तैनन् तर १४ वर्ष अघिको त्यो क्रुर दृश्य भने अझैं पनि झल्झल्ती देखिने बताउँछन् ।

०५५ सालको तिहार दुनियाँका लागि खुसी र रमाइलोको संगम बन्यो होला तर सल्यानको कालागाउँ गाविस–१ खरखरेनाका ऐभानको परिवारमा त्यो खुसीयाली छाउन सकेन । झारपातसमेत माओवादी देख्ने तत्कालिन पुलिस प्रशासनले ‘माओवादी’को आरोपमा दुई दिनअघि कालापारबाट घर आएका रामबहादुर गिरीलाई मध्यरातमा गिरफ्तार गरी गुमनाम पा¥यो ।

०५५ कार्तिक १४ गतेको राती स्थानीय कांग्रेस कार्यकर्ताहरुको उक्साहटमा इलाका प्रहरी कार्यालय रागेचौरबाट गएको प्रहरीले गिरप्तार गरी बेपत्ता बनायो । Read more…

Categories: समाज, सवाल